Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू

  •   ११ महिना अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ ।  काठमाडौँमा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। कर्फ्यु आदेश स्थानीय प्रशासन ऐनअनुसार काठमाडौँ महानगरपालिका भित्रका केही क्षेत्रहरूमा लागू हुनेछ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी सूचनाका अनुसार, कर्फ्यु लागु हुने सीमाभित्र कुनै पनि व्यक्तिले हिँडडुल गर्न, भेला, प्रदर्शन, जुलुस, सभा वा बैठक आयोजना गर्न पाउने छैनन्। कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका गाडी, पर्यटक सवारी, मानव अधिकार र कूटनीतिक नियोगका गाडीहरू तथा हवाई टिकट देखाएर यात्रा गर्ने यात्रुहरूलाई सुरक्षाकर्मीको सहायतामा आवतजावत गर्न दिइने छ।

कर्फ्यु आदेश चक्रपथभित्रको यी क्षेत्रमा लागू हुनेछ, बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदीको पुलसम्मका क्षेत्र यसमा समावेश छन्।

  • न्युज बहार संवाददाता

थप