Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेमा उच्च अंकको बृद्धी, विकास हाइड्रोपावरको शेयरको मुल्यमा सकारात्मक सर्किट

  •   १ वर्ष अघि | ११ भदौ २०८२, बुधबार

भदौ ११, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। आज नेप्से बढेर २८०० विन्दुभन्दा माथि पुगेको छ।

यस दिन नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३२१ स्टकको ७२ हजार ५२८ पटकको कारोबारमा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६५ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशतले बढेको छ।

त्यस्तै, यस दिन २ प्रतिशतभन्दा बढीले लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ।  

  • न्युज बहार संवाददाता

थप