फागुन १६, काठमाडौँ । आज एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले आजदेखि एक सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ । आगामी फागुन २२ गतेसम्म प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने जनाइएको छ ।
आज बुधबार बालुवाटार फिडबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । आज महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।

- न्युज बहार संवाददाता