फागुन १५, काठमाडौँ
। प्रहरीले प्रभु
बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित अन्य १० जनालाई पक्राउ गरेको छ। बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र
पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
ब्युरोकी
प्रमुख तथा एआईजी किरण बज्राचार्यका अनुसार राजधानीको विभिन्न स्थानबाट बैंकिङ
कसुरमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । उनीहरुले कमसल धितो राखेर बैंकिङ
कसुर गरेको बताइएको छ । बज्राचार्यको भनाइ अनुसार अहिले उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक
अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको छ ।
- न्युज बहार संवाददाता