फागुन
२३, काठमाडौँ । त्रिशूली नदीमा बस खस्दा ६ जनाएको मृत्यु भएको छ। काठमाडौँका लागि कपिलवस्तुबाट
छुटेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदिमा
खस्दा ६ जना यात्रुले ज्यान गुमाएका छन भने ६ मध्ये ५ जना पुरुष र १ जना महिला
रहेका छन ।
नदीमा
खसेकामध्ये ३७ जनालाई उद्धार गरिएको छ ।
आज बिहान
५ बजे तिरको समयमा बसको गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको बताइएको
छ । अहिले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट
डिएसपीको कमान्डमा खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी गजुरी अस्पतालतर्फ पठाइएको
जनाएको छ ।
सशस्त्र
प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त
स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना
गोताखोर सहित २० जनाको टोली खटिएको छ ।
- न्युज बहार संवाददाता