चैत १७, काठमाडौँ । यात्रुवाहक ट्याक्सी त्रिशुली नदीमा खसेको छ ।
गोरखाका
लागि काठमाडौँबाट जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना
गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको जानकारी
प्राप्त भएको हो ।
दुर्घटनामा
चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी
श्रीराम भण्डारीले जनाएका छन ।
मृत्यु हुनेहरुमा
२ पुरूष, २ महिला र एक बालिका छन्।
डिएसपी
भण्डारीले मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन।
घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
- न्युज बहार संवाददाता