Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सहयोगको बहानामा थापाथली प्रसूति अस्पतालबाट २६ दिनको बच्चा चोरी

  •   ३ वर्ष अघि | ११ फाल्गुन २०८०, शुक्रबार

फागुन ११, काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनको बच्चा चोरि बएको छ ।

आफ्नो बच्चा चोरी भएको भन्दै काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले सूचना प्राप्त भएपछि खोजतलास सुरु गरेको छ । अहिले चोरिएकी बालिकाको खोजी तीव्र पारिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू अनुसार २६ दिनकी बालिका चोरीमा संलग्न आरोपीको हुलिया थाहा भएको छ ।

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडितले प्रहरीलाई बताएकी छन्  । 

  • न्युज बहार संवाददाता

थप