असार १९, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने वा विश्वासको मत लिन सक्ने अवस्था रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । पत्रकारहरूसँग बुधवार पार्टी बैठकमा सहभागी हुने क्रममा कुरा गर्दै शर्माले साँझसम्म एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत बताएका छन ।
यस
विषयमा उनले भने– ‘प्रधानमन्त्रीलाई एमालेको समर्थन फिर्तापछि दुई वटा विकल्प छ, एउटा
छोडेर निकास दिने विकल्प छ।’ उनले अगाडी भने ‘समर्थन फिर्ता लिँदैमा छोड्नै पर्छ
भनेर संविधानले भनेको छैन, उनले सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि ३०
दिनभित्र विश्वासको मत लिन पनि पाउनुहुन्छ।’
महामन्त्री
शर्माले भने ‘जुन विकल्प रोज्दा पनि नयाँ कोर्समा राजनीति बढ्दैछ, यसमा चुनौती पनि
छ, एकताबद्ध
भएर हामी सामना गर्नेछौँ ।’
- न्युज बहार संवाददाता