फागुन
१२, काठमाडौँ । आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको भन्दै प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन
गर्ने निर्णय भएको बताएका छन् । जनमत पार्टीका उपाध्यक्ष एवं
खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय
सहमति जुटाउनका लागि सरकारमा रहेका दलहरूसँग पुनः छलफल गर्ने बताएका छन् ।
बालुवाटारमा
जारी माओवादी, कांग्रेस, जसपा, जनमत लोसपा, लगायतका ८ शिर्ष पार्टीहरूबीच
भइरहेको छलफलका क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिमा सर्वसम्मति जुटाउनका लागि सो
बैठकमा सहभागी नभएका दलहरू रास्वपा र राप्रपासँग पनि छलफल गर्ने बताएको उल्लेख
गरेका छन् ।
बालुवाटार
बैठकमा सहभागी दलहरूबीच कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेपनि गठबन्धनलाई
कसरी अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ ।