Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपतिको चुनाबको लागी निर्वाचन अधिकृत र मतदान स्थल तय ।

यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराइसक्नु पर्ने ।

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार

फागुन ७, काठमाडौं । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ। निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरेको छ।

आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको स्रोतले जानकारी दिएको छ।

त्यस्तै राष्ट्रपति निर्वाचनका लागि मतदान स्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने भएको छ। त्यहाँ दुइटा मतदान केन्द्र रहनेछन् ।

फागुन १० गते आयोगले जारी गरेको कार्यतालिका अनुसार मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ। 

यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि  उम्मेदवारको मनोनयन दर्ता गराइसक्नु पर्ने तालिका रहेको निर्वाचन आयोगले बताएको छ।

 

 

थप