Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वोच्च अदालतद्धारा बालेन शाहा सँग तत्काल जरिवाना उठाउन रोक ।

आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

  •   ४ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार

फागुन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार  कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

सर्वोच्च अदालतले ‘उहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको हकमा तत्काल जरिवाना बुझाउनु नपर्ने भनी अन्तरिम आदेश दिएको छ, अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘आदेशको व्यहोरा हेर्न पाइएको छैन, आदेशमा के व्यहोरा आउछ, थाह छैन ।’हामीले अरुको हकमा पनि जरिवाना बुझाउनुनपर्ने आदेश मागेका हौं । 

थप