Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सोमबार बस्ने ।

राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल हुने ।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सोमबार बस्ने बैठकमा राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल हुन लागेको रास्वपा नेता दीपक बोहराले बताएका छन।

नेता दीपक बोहराले भने ' दुबैतिर छलफल चलिरहेको छ, अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन, राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न सोमबार बैठक बस्ने छ र सोही दीन निर्णय हुने छ।'

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिका लागि हिजो उम्मेदवारी दिएका छन्। यता कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन भने लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।

रास्वपालाई राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा बोलाइएको थिएन। रास्वपालाई कांग्रेस, माओवादीसहित ८ दलको बैठकमा नबोलाइएकाले उसले एमालेलाई समर्थन गर्नसक्ने रास्वपाका अर्का एक नेताले बताए।

उनका अनुसार 'अहिलेसम्मको घटनाक्रम हेर्दा एमाले उम्मेदवारलाई समर्थन हुन्छ होला तर अहिले नै यसै भन्न सकिँदैन। पार्टीले जुन निर्णय पनि गर्न सक्छ।' 

थप