Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कस्तो पौष्टिक तत्व वा खानेकुराले बालबालिकाको उचाई बृद्धी हुन्छ?

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । के तपाईलाइ थाहा छ वर्षमा हरेक एक स्वस्थ बच्चाको उचाई २.५ इन्च बढ्छ । बच्चाको उचाई बढ्नमा पोषण, ब्यायाम तथा हर्मोनमा भर पर्छ । उचाई बढ्नका लागि बिभिन्न पौष्टिक तत्वहरुको आवश्यक हुन्छ । बालबालिकाको सम्पुर्ण बृद्धी बिकासका आमा बाबुको मुख्य जिम्मेवारी पनि हो । कस्तो पौष्टिक तत्व वा खानेकुराले बालबालिकाको उचाई बृद्धी हुन्छ? जानिराखौँ

अण्डा
बालबालिकको उचाई बढाउन एकदमै महत्वपुर्ण खानेकुरा हो अण्डा । अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि पौष्टिक तत्व हुन्छ । यसको नियमित सेवनले बच्चाको उचाई बृद्धि धेरै हद सम्म मद्दत गर्छ ।

दूधजन्य पदार्थ
बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु जस्तै दही, मख्खन, पनिर, चीज, जस्ता खानेकुराको जरुरत हुन्छ जसमा प्रस्सत मात्रामा प्रटिन तथा क्याल्शियम हुन्छ । प्रटिन तथा क्याल्सियमले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्दछ ।

गेडागुडी
गेडागुडी शारीरिक वृद्धि विकासका लागि अर्को महत्वपूर्ण खानेकुरा हो । हाडजोर्नीको विकासका लागि गेडागुडीमा एकदमै आवश्यक हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर र क्याल्सियम पाइन्छ ।

केरा
केरामा प्रशस्त मात्रामा बिभिन्न प्रकारका भिटामिन पाइने भएकोले  यसको नियमित सेवन गर्दा प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ ।

चिकन
चिकनमा उल्लेख्य मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ जसले बच्चाको शरीरलाई बलियो बनाउँछ र यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्रदान गर्छ ।

  • सृजना प्याकुरेल

थप