असोज ५, काठमाडौँ । बाँकेको बाल सुधार गृहमा तोडफोड भएको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको हो । गएराति बाल सुधार गृहमा राखिएकाहरुले नै सुधार गृह तोडफोड गरेका हुन् ।
दुई पक्षबीच गएराति झडप हुँदा १ जनाको मृत्यु समेत भएको छ भने झडपमा परी १० जना घाइते भएका छन्।
स्थानीयका अनुसार उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँने सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गर्ने गरेका थिए । तोडफोड पछी अवस्था तनावपूर्ण बनेको छ । अहिले पनि सुधार गृहभित्र रहेकाहरुले नाराबाजी गरिरहेका छन् तर किन र के का लागी तोडफोड भएको भन्ने कारण खुलेको छैन ।
- न्युज बहार संवाददाता