साउन १, कठमाडौँ । प्रहरीले नाबालिकलाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ ।
म्यानेजर सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको काठमाडौँका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता