मंसिर १२, बझाङ। ४ किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित बझाङ १ मातीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले विशेष सुचना अनुसार खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सुचना पाएपछी उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले दुई जना खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको बताएका छन ।
- न्युज बहार संवाददाता