Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भक्तपुरको बाल सुधार गृहबाट भागेका १२ जना बालकको खोजी कार्य जारी ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट भागेका बालकहरुको खोजी भइरहेको छ । बाल सुधार गृहबाट हिजो तोडफोड गरेर भागेका १२ जना बालकको खोजी कार्य भइरहेको हो।

प्रहरीले सोमबार बाल सुधार गृह तोडफोड गरेर भागेका २४३ बालकलाई पक्राउ गरिसकेको छ भने बाँकी १२ जनालाई मंगलबार पनि प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन ।

उक्त बाल सुधार गृहमा ४३ बालिका  र २५५ बालक गरी २९८ जना छन्।

प्रहरीले भागेका बालकहरूलाई  सोमबार भक्तपुर र काठमाडौँको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको बताएको छ। 

  • न्युज बहार संवाददाता

थप