Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रहरीद्वारा ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुको उद्धार, डा. ले बिक्री गरेको खुलासा ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, विराटनगर । प्रहरीले एक नवशिशुलाई बिक्री गरेको अवस्थामा उद्धार गरेको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई प्रहरीले बिक्री गरेको अवस्थामा उद्धार गरेको हो । मंगलबार मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले शिशुको उद्धार गरेको हो, शिशुको अवस्था सामान्य रहेको जानकारी दिएको छ।

अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार शिशुलाई डा. कर्णकै संलग्नतामा बिक्री गरीएको देखिएको छ ।

मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भने ‘हामीले शिशु फेला पारेका छौँ, पक्राउ परेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई दिएको खुलेको छ। कति पैसा लिएर दिएको भन्ने खुल्न बाँकी रहेको छ।’ 

  • न्युज बहार संवाददाता

थप