Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

सोती घटना प्रकरणमा आज पनि सुनवाइ जारी, बुधबार साँझसम्म फैसला आउन सक्ने

  •   ८ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । रुकुम जिल्ला अदालतमा सोमबार पनि रुकुम पश्चिमको सोती घटना प्रकरणमा सुनुवाइ जारी रहेको छ । हिजो आइतबारलाइ हेर्दाहेर्दैमा रहेको मुद्दामा आज सोमबार पनि सुनवाइ जारी रहेको हो । 

हिजो आइतबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरूले बहस गरेका थिए । धेरै प्रतिवादी रहेको कारण आइतबार सरकारी वकिलको तर्फबाट बहस नसकिएको र सोमबार खाजा समय अगाडिसम्म सरकारी वकिलको तर्फबाट बहस सकाउने तयारी रहेको रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिएकी छन ।

श्रेष्तेदार मन्दिरा शाहीका अनुसार सोमबार खाजा समयपछि र मंगलबार प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएमा बुधबार खाजा समय अगाडि वादीका तर्फबाट जवाफी बहस गर्ने तयारी रहेको र जवाफी बहस सकिएमा बुधबार साँझसम्म फैसला आउन सक्नेछ । 

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा २०७७ जेठ १० गते ६ जना किशोर तथा युवाको हत्या भएको थियो । जाजरकोटबाट प्रेमिका लिन भनी रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा ३४ जनाविरुद्ध नेपाल सरकारले मुद्दा चलाएको थियो । 

  • न्युज बहार संवाददाता

थप