जेठ २४, स्याङजा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना भएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जानकारी दिएका छन ।
उक्त गाडीमा सवार जिल्ला समन्वय समिति स्याङ्जाका अन्य तीन जना भने घाइते भएका छन् ।
दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन ।
गाडी सडकबाट तल खसेको थियो।
- न्युज बहार संवाददाता