साउन ३, काठमडौँ। काठमाडौँको
सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ।
काठमाडौँ
मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा आज बुधबार बिहान फेला परेको
शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी
सीताराम रिजालले जानकारी दिएका छन।
नेपाली
सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको र उक्त शंकास्पद बस्तु
बम नभएको र तर्साउनलाई
बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको पाइएको प्रहरीले जनाएको छ।
खोटाङ
हलेसी ज्वेलर्सको सटर अगाडी राखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद बस्तु निस्क्रिय
गरिसकेपछी उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।
यस
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
- न्युज बहार संवाददाता