जेठ २८, काठमाडौँ
। त्रिभुवन विमास्थल नजिकै आज आइतबार गोली चलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आज बिहान लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेका हुन।
विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनिहरुले प्रहरीमाथि गोली चलाएपछि प्रहरी यसको जवाफी फायरिङ गरेको थियो ।
यसै क्रममा दुइ पक्ष बिच फायरिङ हुँदा प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई उपचारको लागि केएमसी अस्पताल लगिएको छ भने निजको साथबाट केही मात्रामा लागू औषध समेत बरामद भएको एसपीले जनाएका छन ।
- न्युज बहार संवाददाता