Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

भदौ १७, काठमाडौँ । आज बिहान करिब ७ : ४५ बजेतिर काठमाडौँको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

उक्त सडक खण्डमा गुड्ने एक मिनी बसले मोटरसाइकल, बोलेरो र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले घाइतेहरुलाई मदरल्याण्ड अस्पताल र मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन  ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

  • न्युज बहार संवाददाता

थप