Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसईईको नतिजा सार्वजनिक, नतिजामा १३.९५ प्रतिशतले सुधार

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

असार १३, काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । गत वर्षको तुलनामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा केही सुधार आएको छ । 

आज (शुक्रबार) साँझ सार्वजनिक भएको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले देखाएको छ । यसरी हेर्दा २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको देखिन्छ । 

अर्को तर्फ यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । सार्वजनिक नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।

  • न्युज बहार संवाददाता

थप