Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । शुक्रबार र शनिबारको पानीपछीको बाढी र पहिरोका कारण राजधानी काठमाडौँ भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै भएका छन् । काठमाडौँबाट आज तेस्रो दिन पनि गाडीहरु बाहिरिन सकेका छैनन् भने काठमाडौँ भित्रिने क्रममा रहेका गाडीहरु पनि बीचबाटोमै अलपत्र परेका छन ।

पश्चिमतर्फबाट काठमाडौँ भित्रिने मुख्य नाकाका रुपमा रहेको नागढुंगाको अवस्था सबैभन्दा खराब रहेको छ । झ्याप्ले खोला छेउमा गएको ठूलो पहिरोका कारण केही गाडीहरु पुरिएका छन् र १४ जनाको मृत्यु समेत भएको छ  । अहिले त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ ।

त्यस्तै उत्तरतर्फ टोखा, झोर हुँदै नुवाकोट तिर जाने सवारी साधनहरु चलिरहेका छन् । ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाए अनुसार टोखाको बाटोबाट पनि अत्यावश्यक सवारी साधनमात्र चलिरहेको छ । उक्त बाटो पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप