Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्युठानमा कार दुर्घटना अपडेट : मृत्यु हुने आठै जनाको भयो सनाखत ।

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

 जेठ ३०, प्युठान। प्युठानमा हिजो सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठ जनाको मृत्यु भएको छ। मृत्यु  भएका सबै जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

११ वर्षीय बालक शिशिर खनालको घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो।

हिजो सोमबार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै  दाङका रहेका प्रहरीले जनाएको छ।

लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको थियो । सोही क्रममा स्वर्गद्वारी नगरपालिका- ४ भिंग्रीको घुम्तीबाट तल खस्दा दुर्घटनामा परेको थियो।

  • न्युज बहार संवाददाता

थप