Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनको तयारी, भोली देखी सुरु हुने

  •   ३ वर्ष अघि | २ असोज २०८०, मङ्लबार

असोज २, काठमाडौँ । नेपालमा अहिले सम्मकै पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुन लागेको छ । सूर्यविनायक–रत्नपार्क सडक खण्डमा असोज ३ गतेदेखी सरकारले संविधान दिवसको अवसर पारी द्रुत बस सेवा सञ्चालनको तयारी थालेको छ ।

द्रुत बस सेवा सञ्चालनको तयारीका लागि सडक विभागले अहिले सडकमा मार्किङको काम गरिरहेका छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी समेत दिएको छ ।

विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनमा ल्याउने गरी अहिले सडकमा मार्किङको काम भइरहेको बताएका छन । उनले सडकको लेनमा आवश्यक भौतिक तयारी पूरा भएको जानकारी दिएका हुन। यसरी मार्किङ गरिएको लेनमा दैनिक साँझ ४ बजेदेखि ६ बजे र बिहान ९ बजेदेखि ११ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ । 

  • न्युज बहार संवाददाता

थप