असोज ५, काठमाडौँ
। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन
अवरोधलाई जारी राख्ने बताएका छन्।
अध्यक्ष
प्रचण्डले आज शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक
साधारणसभालाई सम्बोधन गर्दै संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति
संसदबाट आएका कारण अवरोध कायम रहने बताएका हुन्।
उनले भने
‘संविधान
र शान्ति सम्झौताको मर्म, भावना
विपरीत हत्या, हिंसा
भनियो, हामी सदन अवरोधको स्थितिमा छौँ र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका
छौँ। हामी छोड्दैनौँ ।’
- न्युज बहार संवाददाता