जेठ २२, बुटवल । आइतबार पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दुर्घटनामा दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जानकारी गराएको छ। अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।
- न्युज बहार संवाददाता