साउन २५, काठमाडौँ । पशुपति आर्यघाटबाट एक जना पक्राउ परेका छन । प्रहरीले अर्यघटामा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जनालाई पक्राउ परेका गरेको छ ।
प्रहरीका
अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने (घाटे बाहुन) काम गर्ने एक ब्राम्हण रहेका छन
। अहिले उक्त ब्राम्हणलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनी माथी अनुसन्धान
अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार पीडितहरूले
हड्डी बेचेको भनेर आरोपमा जाहेरी लिएर आएका हुन ।
यस विषयमा पक्राउ परेका घाटे बाहुन मुख्य आरोपी रहेका छन्।
- न्युज बहार संवाददाता