Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज खुल्ने सम्भावना कती?

  •   ३ वर्ष अघि | १५ असार २०८०, शुक्रबार

असार १५, चितवन । नारायणगढ–मुग्लिन सडक पहिरोले गर्दा अवरुद्ध बनेको छ । उक्त सडक बिहीबार दिउँसोदेखिनै बन्द रहेको अझै खुल्न सकेको छैन । उक्त सडकमा खसेको पहिरो आज बिहानसम्म पनि पन्छाउन सकिएको छैन । 

बिहीबार दिउसोदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको थियो । त्यसपछि सुक्खा पहिरो खस्ने क्रम निरन्तर जारी रहेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले पहिरो पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकोले बाधा पुगेको जानकारी दिएका छन ।

उनले पहिरो झरेर ठुलो पहाड बनेको र पन्छाउन छ देखी सात घन्टा सम्म लाग्न सक्ने बताएका छन । 

तामाङले भने “दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिरो पन्छाउने अवस्था नरहेकोले आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप