साउन १३, चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
भएको छ । आज बिहान चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको हो
।
इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै शनिबार बिहान ७ बजेतिर खसेको पहिरोले सडक अवरुद्ध भएको छ।
सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले दिएका छन ।
- न्युज बहार संवाददाता