असार ५, बझाङ। बझाङ कार दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको निधन भएको जानकारी दिएका छन।
राठौरका अनुसार आज मंगलबार साँझ ५:३३ उपचारको क्रममा मन्त्री सिंहको निधन भएको हो।
- न्युज बहार संवाददाता