जेठ १८, धनगढी । कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना सदस्यलाई बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीले बताएका छन।
प्रहरीले प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकले भोजको नाममा विषालु पेय पदार्थ र लड्डु खुवाएर सबैलाई बेहोस बनाई लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता