माघ २, काठमाडौँ । मुग्लिन प्रहरीलाई स्थानियहरुले
चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी
खसेको सूचना दिएका
छन । सुचना पाए लगतै अहिले प्रहरीले गोताखोरको टोली परिचालन गरि त्यसको खोज
गरिरहेको छ ।
नारायणगढ-मुग्लिन
सडकखण्डअन्तर्गत पर्ने इच्छाकामना
गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको भनेर आज बिहान
सवा चार बजेतिर स्थानीयले खबर गरेको मुग्लिन
प्रहरीले जनाएको छ । सोही सुचना अनुसार अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली
नदीमा प्रवेश गरेर खोजिरहेको छ ।
- न्युज बहार संवाददाता