Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

स्थानीय प्रशासनले लगायो नेपालगञ्जमा अनिश्चितकालका लागी कर्फ्यु

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । स्थानीय प्रशासनले धार्मिक र सामाजिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा कर्फ्यु लगाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि आज मंगलबार दिउँसो साढे १२ बजेदेखि अनिश्चित कालका लागी कर्फ्यु जारी गरिएको हो ।

आज नेपालगञ्जमा हिन्दुहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएको छ । हिन्दु समाज, शिव सेना नेपाल र ओमकार परिवारले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ ।

यसरी ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार हुन थालेपछी स्थिति असामान्य बन्दै गएपछी कर्फ्यु लगाइएको हो ।

  • न्युज बहार संवाददाता

थप