असार ६, सङ्खुवासभा । सङ्खुवासभामा आएको अविरल वर्षासँगै बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।
कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड लगातारको वर्षाले उत्तर–दक्षिण अवरुद्ध भएको हो।
वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प बनाएको छ।
सडक पहिरोको कारण अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।
पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।
- न्युज बहार संवाददाता