Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिहान त्रिशूली नदीमा खसेको भनिएको गाडी भेटियो, मानिस नभेटिएको प्रहरीको भनाइ

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, चितवन । त्रिशूली नदी गाडि खसेको भन्ने दुर्घटनामा प्रहरीको गोताखोरको टोलीले भारतीय नम्बरप्लेटको जीप फेला पारेको छ ।  उक्त जीप नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशूलीमा खसेको थियो ।

स्थानियले आज मंगलबार बिहान एउटा गाडी नदीमा खसेको सूचना दिएपछी प्रहरीको परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाका अनुसार डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको हो भने उनले मानिस भने फेला नपरेको जनकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप