भदौ
२८, हेटौंडा । चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन । हेटौंडा
उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका हुन ।
प्रहरीले
कुटपिट गर्ने चार जनालाई पक्राउ परेको हुन । हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको
उपचारको क्रममा मृत्यु
भएको भन्दै उनिहरुले चिकित्सकमाथि कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले मृतककी छोरी रमिता प्रधान, श्रीमती रमा प्रधान, भतिजा अनुप प्रधान र छोरा रोहित प्रधानलाई पक्राउ गरेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता