असोज ३, काठमाडौँ । पहिलोपटक काठमाडौँ उपत्यकामा सरकारले द्रुत बस सेवा सुरु गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज संविधान दिवसको अवसर पारेर काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।
सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा चल्ने छ । आज उदघाटन भएको भए पनि सर्वसाधारण यात्रुको लागी भने बसले भोली देखि मात्र पनि भोलिदेखि सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने जनाइएको छ ।
- न्युज बहार संवाददाता