Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई सुरूङमार्गबाट काठमाडौँ पठाइयो

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतक पर्ने धादिङ झ्याप्लेखोलामा आएको पहिरोले बाटो बन्द भएपछी काठमाडौँ छिर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको छ।

नागढुंगा सुरूङमार्गबाट बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई काठमाडौँ पठाउन सुरु गरिएको हो ।

पिपलबोटलगायत ठाउँबाट वैकल्पिक मार्ग हुँदै काठमाडौँदेखि बाहिरिएका सवारी साधनलाई बाहिर पठाइएको छ।

एम्बुलेन्सलगायत सवारी साधन धादिङको सिस्नेखोलादेखि काठमाडौँको बलम्बुस्थित सुरूङमार्गबाट पठाउन थालिएको हो। 

सडक विभागका  सूचना अधिकारी अमितकुमार शर्माका अनुसार सवारी जाम हुँदा अलपत्र परेका बिरामी र उद्धार गरिएका घाइतेलाई सुरूङमार्गबाट काठमाडौँ पठाइएको हो।

  • न्युज बहार संवाददाता

थप