असोज
१८, काठमाडौँ । देशभर हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव
देखिएको छ, जसका कारण विभिन्न
स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र मधेस प्रदेशका धेरै ठाउँहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही
भागहरूमा, तथा कोशी प्रदेशका
केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
वर्षा गराउने प्रणाली
पूर्व–उत्तरपूर्व दिशातर्फ
सर्दै गएकाले ती क्षेत्रमा अझै वर्षा जारी रहने महाशाखाको भनाइ छ। महाशाखाले
नागरिकहरूलाई सतर्क रहन र पछिल्लो मौसमी जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ।
लगातारको वर्षाका कारण लामो दुरीका सवारी साधनहरू रोकिएका छन् भने आन्तरिक हवाई
उडानहरू पनि स्थगित गरिएको छ।
- न्युज बहार संवाददाता