मंसिर
१०, बाँके । यात्रु
बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र प्रतिबन्ध
लगाउने भएको छ।
शनिबार
उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाको बैठकले
रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने निर्णय
भएको छ।
यसअघि कात्तिक २४ गते बसेको
बैठकले इ-रिक्साहरु नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो रातो नम्बर प्लेटमा
चलिरहेको सन्दर्भमा २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट
बनाउन दिने निर्णय गरेको थियो।
नगरप्रमुख प्रशान्त विष्टले मङ्सिर १५ गते उक्त
अवधि समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट
भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको बताएका छन ।
- न्युज बहार संवाददाता