जेठ, २९ प्युठान । प्युठानमा एक निजि गाडी दुर्घटना भएको छ। प्युठान जिल्लामा रहेको स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्रीहरु चढेको एक निजी गाडी दुर्घटनामा भएको हो।
८ जना सवार रहेको लु १ च ६३४५ नम्बर को गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । प्रहरीले जनाए अनुसार त्यस गाडीमा लमहीका चार जना बालबालिका, २ जना महिला र २ पुरुष सवार थिए।
जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिंदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म यकिन नभएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता