पुस ५, काठमाडौँ । बिजुलीबजार पुल नजिकको
बार्दली रेष्टुरेन्टले मिचेको संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको छ ।
आज बिहीबार
बिहान बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल डोजरसहित पुगेका नगर
प्रहरीहरु भत्काइदिएको हो ।
बार्दली
रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना महानगरपालिकाले भने यसअघि नै भत्काइसकेको थियो
।
- न्युज बहार संवाददाता