Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालकुमारी घटना : अर्का एक जना युवकको मृत्यु

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, काठमाडौँ । आज बालकुमारी घटनामा घाइते भएका अर्का एक जना युवकको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा घाइते भएका युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । पाटन अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि  आन्दोलनमा घाइते भएका सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आन्दोलनको क्रममा उनीहरु घाइते  भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीका प्रवक्ता कुवेर कडायतले बताएका छन ।

युवाहरुले प्रदर्शनका क्रममा सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका थिए । यो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् । 

  • न्युज बहार संवाददाता

थप