Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बझाङ भुकम्प : सात जना घाइते, धेरै भौतिक संरचनामा क्षति

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । आज मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सात जना घाइते भएको जानकारी आएको छ । 

सुदूरपश्चिमका अन्य जिल्लाहरूमा भूकम्पका धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङ जिल्लामा ६ जना र अछाममा एक जना घाइते भएका छन ।

प्रहरीले बझाङका सत्यवादी मावि भोपुरका चार  जना विद्यार्थी र एक जना अन्य व्यक्तीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको जनाएको छ । घाइतेहरूलाई सबैलाइ उपचारका लागी बझाङ जिल्ला अस्पतालमा लगिएको छ।

जिल्लामा धेरै भौतिक संरचनामा क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले जनाएका छन । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन। 

भुकम्पका कारण सदरमुकामका पक्की घरहरू चर्किएका छन्।  गाउँ क्षेत्रका विद्यालयहरू र कच्ची घरहरु भत्किएका छन्।

भूकम्पसँगै आएको सुक्खा पहिरोको कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

  • न्युज बहार संवाददाता

थप