जेठ १, काठमाडौँ
। आजका लागि क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा पेशी तोकिएको छ ।
गत बैशाख
२३ गते नै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद
ढुङ्गेलको पेशिमा परेको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । दुबै जनाको संयुक्त
इजलासमा सुनुवाइका लागि परेको भए पनि त्यस दिनलाई मुद्दा हेर्न नमिल्नेमा राखिएको
थियो ।
त्यसदिन मुद्दा
हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको हो ।
- न्युज बहार संवाददाता