असोज १३, सुर्खेत । ८ वर्षीय बालक वीरेन्द्रनगरमा रहेको एक निजी विद्यालयको होस्टेलमा मृत फेला परेका छन्।
८ वर्षीय बालक वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा मृत भेटिएका हुन् ।
दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ का सलाम पुलामी मृत भेटिएको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । बालक उषा बालवाटिकामै कक्षा २ मा अध्ययन गर्दै थिए ।
बालकको शव शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका थियो भने अहिलेसम्म शव उठाइएको छैन । आफन्तहरूले घटना शंकास्पद भएको भन्दै आन्दोलन गरेका छन् ।
उषा विद्यालयको परिसर होस्टेल बाहिर आफन्तहरुले तोडफोड गरेपछि तनावग्रस्त बनेको छ । अहिले विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
- न्युज बहार संवाददाता