Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विवादस्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे 'धर्मगुरू' आचार्य श्रीनिवास

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

असोज १६, काठमाडौँ । प्रहरीले  'धर्मगुरू' आचार्य श्रीनिवासलाई विवादस्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ। 

मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुनसरी प्रहरीको सहयोगमा साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।

केही दिन अगाडि श्रीनिवासले जनकपुरमा धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हातमा नांगो खुकुरी बोकेर हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।

सामाजिक संजालमा उनले हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै त्यसको अभिव्यक्ति दिएको भिडिओ भाइरल भएको थियो।

  • न्युज बहार संवाददाता

थप